सिटिजन्स बैंकका ग्राहकले ओपिअम रेस्टुरेन्टमा १५ प्रतिशतसम्म छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गस्थित ओपिअम रेस्टुरेन्ट बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षरपछि सिटिजन्स बैंकका कार्डबाहकहरुले ओपिअम रेस्टुरेन्टमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

नबिल बैंक र महिला उद्यमी महासंघ बीच वित्तीय पहुँच विस्तार गर्न साझेदारी Read Previous

नबिल बैंक र महिला उद्यमी महासंघ बीच वित्तीय पहुँच विस्तार गर्न साझेदारी

डिप्रोक्स लघुवित्तले तोक्यो बुकक्लोज, कहिलेसम्म सेयर किन्नेले पाउँछन लाभांश ? Read Next

डिप्रोक्स लघुवित्तले तोक्यो बुकक्लोज, कहिलेसम्म सेयर किन्नेले पाउँछन लाभांश ?