काठमाडौं । नेपाल राष्ट्र बैंकले साढे २ अर्ब रुपैयाँ बराबरको बचतपत्र बिक्री गर्ने भएको छ । बैंकले बुधबारदेखि २ अर्ब ५० करोड रूपैयाँ बराबरको ‘नागरिक बचत पत्र २०८४ क’ बिक्री गर्ने भएको हो ।
उक्त बचत पत्रमा वार्षिक ११.५० प्रतिशत पाइने राष्ट्र बैंकले जनाएको छ । यसको ब्याज भुक्तानी हरेक ६/६ महिनामा हुनेछ।
इच्छुक व्यक्तिले कम्तीमा १० हजार रुपैयाँ खरीद गर्नसक्ने छन् भने बढीमा निष्काशित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निशेष भाग जाने अंकमा खरिद गर्न सक्ने छन्।
उक्त बचतपत्र खरीद गर्न चाहने नेपाली नागरिकले बैंक तथा वित्तीय संस्थाहरू, राष्ट्र बैंकका शाखा कार्यालयहरू तथा वेबसाइटबाट फारम भरेर बुझाउन सक्नेछन् । बचतपत्रको ब्याजमा भने ब्याजकर लाग्नेछ । यो बचतपत्रको साँवा फिर्ता २०८४ असार चैत ६ गते हुनेछ ।