काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले तीन कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले सोमबार कर्पोरेट डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर र स्वालम्बन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो ।
तीनै कम्पनीको साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज भएसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
कर्पोरेट डेभलपमेन्टले गत आव २०७८/७९ को नाफाबाट वितरण गर्ने ५ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि बैंकको नयाँ सेयरमूल्य ३१०.४८ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, ङादी ग्रुपले गत वर्षको नाफाबाट वितरण गर्ने ४.७५ प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएको हो । समायोजनपछि ङादीको सेयर मूल्य २६३.४८ रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, स्वालम्बन लघुवित्तले वितरण गर्ने १५ प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएको हो । समायोजनपछि लघुवित्तको सेयर मूल्य ९८२.६१ रुपैयाँ निर्धारण भएको छ ।
यही समायोजित मूल्यका आधारमा मंगलबार तीनै कम्पनीको दोस्रो बजारमा सेयर कारोबार खुल्ने छ।