काठमाडौं । हिमालयन बैंक र सिभिल बैंक ३ दिनका बन्द हुने भएका छन् । फागुन १२ गतेदेखि एकीकृत कारोबार गर्न लागेको दुवै बैंकले डाटा माइग्रेशन प्रयोजनका लागि आजदेखि सम्पूर्ण सेवा बन्द गर्ने भएका हुन् ।
सिभल बैंकका सम्पूर्ण सेवा फागुन ८ (आज) देखि ११ गतेसम्म ४ दिन बन्द गरेको छ । त्यस्तै, हिमालयनले आज (दिवा सेवा संचालन हुने) बेलुकादेखि ११ गतेसम्म सबै सेवा बन्द गर्ने भएको हो ।
दुई बैंक मर्जरपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु हुनेछ । हिमालयनले सिभिललाई १००:८०.२८ सेयर अनुपातमा गाभ्न लागेको हो ।
दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रार कार्यालयले स्वीकृति दिइसकेका छन् ।