काठमाडौं । सरकारले थप ८ स्थानमा औद्योगिक ग्राम घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले देशका विभिन्न ८ स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा सरकारले थप ८ ठाउँमा औद्योगिक ग्राम घोषणा गरेको हो । सरकारले काभ्रेपलान्चोकको मण्डनदेउपुर ६ र बेथानचोक २, जुम्लाको तातोपानी गाउँपालिका २, म्याग्दीको रघुगंगा २, पाल्पाको रिब्दिकोट ३, गुल्मीको रुरु क्षेत्र ४ र दार्चुलाको अपि हिमाल ४ मा औद्योगिक ग्राम घोषणा गरेको हो ।
सरकारले प्रत्येक स्थानीय तहमा एक औद्योगिक ग्राम संचालनमा ल्याउने लक्ष्य लिएको छ । छरिएर रहेको स्थानीय स्रोत साधन तथा प्रविधि परिचालन गरी स्थानीयस्तरमै रोजगारी सञ्चालन गर्ने उद्देश्यले सरकारले औद्योगिक ग्राम घोषणा गर्दै आएको छ । यद्यपि, पूर्वाधार भने निर्माण गर्न सकेको छैन ।