भारतबाट घटेर आयो डिजेल/पेट्रोलको भाउ, प्रतिलिटर कति ?

काठमाडौं ।इन्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल आयल निगमलाई पेट्र्रोलियम पद्धार्थको नयाँ मूल्यसूची पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्र्रोलियम पदार्थको मूल्य घटेसँगै आइओसीले पनि निगमलाई भाउ घटाएर पठाएको हो ।

आइओसीबाट प्राप्त खरिद मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर १.९७ रुपैयाँ र डिजेलमा ६.४० रुपैयाँ भाउ घटेर आएको निगमले जनाएको छ ।

अन्तर्राष्ट्रि बजारमा हुने घटबढ अनुसार आइओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्य सूची पठाउने गरेको छ । भारतबाट भाउ घटेर आए पनि निगमले मूल्य घटाउने/नघटाउने बारे केही बताएको छैन ।

निगमले इण्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्नुपर्ने रकम, पुरानो बक्यौता एवं नेपाल सरकारलाई तिर्नुपर्ने ऋण समेत गरी अझै पनि करिब १८ अर्ब बाँकी छ ।

महिला र मिथिला लघुवित्तको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? Read Previous

महिला र मिथिला लघुवित्तको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

हुलाकी राजमार्गमा ३ पुलको निर्माण सकियो, ५ अन्तिम चरणमा Read Next

हुलाकी राजमार्गमा ३ पुलको निर्माण सकियो, ५ अन्तिम चरणमा