काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले दुई लघुवित्तको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबार महिला लघुवित्त र मिथिला लघुवित्तको सेयर मूल्य समायोजन गरेको हो ।
दुवै लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
महिलाले गत आव २०७८/७९ को नाफाबाट वितरण गर्ने ४७.५ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि महिलाको नयाँ सेयरमूल्य २७६५.४२ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मिथिलाले गत वर्षको नाफाबाट वितरण गर्ने १५ प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएको हो । समायोजनपछि मिथिलाको सेयर मूल्य ९२१.७४ रुपैयाँ कायम भएको छ ।
अब यही समायोजित मूल्यका आधारमा आइतबार दुवै कम्पनीको दोस्रो बजारमा सेयर कारोबार खुल्ने छ।