
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डोल्पाको दुनैमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले एक कार्याक्रमको बीच शाखाको विधिवत् उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै चापागाँईले जीवन बीमाले जोखिम बहन गर्नुका साथै बचत गर्ने बानीको पनि विकास हुने भएकोले जोखिम बहनको साथै बचतसमेत हुने बताए । देशव्यापी रुपमा जीवन बीमा क्षेत्रको बजार विस्तारमा नेपाल लाइफले महत्वपूर्ण योगदान पुर्याएको र डोल्पा जस्ता नेपालका अन्य दुर्गम क्षेत्रमा पनि आप्mनो सेवा पर्¥याइरहेकोमा नेपाल लाइफलाई धन्यवाद व्यक्त गरे ।
अध्यक्ष चापागाँईले हिमाली जिल्लाको दुरदराजमा पुगेर न्यून आय भएका जनतालाई पनि बीमाको दायरामा ल्याउन सुझाए । उनले बीमाको महत्वबारे हिमाली क्षेत्रका बासिन्दालाई बुझाउन आवश्यक रहेको भन्दै डोल्पामा नेपाल लाइफको सेवा प्रवाहले हिमाली क्षेत्रमा बीमाको उपस्थिति बलियो हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले तीव्र्र गतिले बीमा व्यवसाय विस्तार भइरहेको परिपेक्षमा एक तिहाई बजार हिस्सा नेपाल लाइफले ओगट्न सफल भई देशको बीमा व्यवसायलाई बढाउन महत्वपूर्ण योगदान पुर्याउन सफल भएको जनाए । साथै यो सफलता प्राप्त हुनुमा सबैको विश्वास र भरोसा रहेको बताउँदै, सो विश्वास र भरोसा सदैव कायम राख्न नेपाल लाइफ हरपल लागि पर्ने प्रमुख कार्यकारी अधिकृत झाले प्रतिवद्धता व्यक्त गरे ।
नेपालका दुरदराजसम्म पनि सहज रुपमा बीमा सेवाको पहुँच पुर्याउन सकियोस भनी डोल्पाको दुनैमा शाखा विस्तार गरिएको र नेपालभर नै सेवाको विस्तार गर्ने लक्ष्य नेपाल लाइफको रहेको प्रमुख कार्यकारी अधिकृत झाले जानकारी दिए ।
करिब एक तिहाई बजारहिस्सा ओगटेको कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीले ७७ अर्ब ५४ करोड रुपैयाँ रुपैयाँ लगानी गरेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७२ अर्ब २४ करोड रुपैयाँ र सेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको छ ।
कम्पनीले यस आर्थिक वर्षको पहिलो तीन महिनामा जम्मा ७ अर्ब ९० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । १ लाख ३४ हजार ५ सय ६३ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका १ सय ९३ शाखा तथा उप शाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । हालसम्म स्वदेश र विदेश गरी २६ लाख ६३ हजार ९ सय ८१ व्यक्ति कम्पनीमा बीमित भइसकेका छन् ।