इङवा हाइड्रोपावरले पायो आइपीओ जारी गर्न अनुमति

काठमाडौं । इङवा हाइड्रोपावर कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ निष्काशन गर्न फागुन २ गते अनुमति दिएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानी र सर्वसाधारणको लागि आइपीओ जारी गर्नेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता सेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीको आइपीओ निष्काशन गर्न यसअघि नै नेपाल एसविआई मर्चेन्ट बैकिङ लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

कम्पनीले ताप्लेजुङ्ग र पाँचथर जिल्ला सीमानामा रहेको इङवा खोलामा ९.७ मेगावाट क्षमताको अपर इङवा खोला हाइड्रोपावर आयोजना निमार्ण गर्दैछ ।

 

७२ मेगावाटका ९ सोलार आयोजना बन्दै, कहाँ कति मेगावाटको ? Read Previous

७२ मेगावाटका ९ सोलार आयोजना बन्दै, कहाँ कति मेगावाटको ?

सिभिल बैंकको सेयर कारोबार १५ दिन रोक्का हुने Read Next

सिभिल बैंकको सेयर कारोबार १५ दिन रोक्का हुने