सिभिल बैंकको सेयर कारोबार १५ दिन रोक्का हुने

काठमाडौं । सिभिल बैंकको सेयर कारोबार १५ दिन रोक्का हुने भएको छ ।

सिभिलले हिमालयन बैंकसँग गाभिएर फागुन १२ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछ । एकीकृत कारोबारपछि सेयर मिलानका लागि फागुन १४ गतेदेखि चैत २ गतेसम्म १५ दिन सेयर कारोबार बन्द गर्न लागिएको हो ।

एकीकृत कारोबारपछि सिभिल बैंकको सेयर हिमालयन बैंकको नामबार कारोबार सुरु हुनेछ । हिमालयनले सिभिललाई १००:८०.२८ सेयर अनुपातमा गाभ्न लागेको हो ।

दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रार कार्यालयले स्वीकृति दिइसकेका छन् ।

इङवा हाइड्रोपावरले पायो आइपीओ जारी गर्न अनुमति Read Previous

इङवा हाइड्रोपावरले पायो आइपीओ जारी गर्न अनुमति

४८० मेगावाटको फुकोट कर्णाली जलविद्युतको सुरुङ निर्माण अन्तिम चरणमा Read Next

४८० मेगावाटको फुकोट कर्णाली जलविद्युतको सुरुङ निर्माण अन्तिम चरणमा