लक्ष्मी र सबैको लघुवित्तले लाभांश प्रयोजनका लागि तोके बुकक्लोज

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएका छन् ।

सबैको लघुवित्तले गत वर्षको नाफाबाट घोषणा गरेको १८.९५ प्रतिशत लाभांश पारित गर्न फागुन २६ गते वार्षिक साधारण सभा डाकेको छ। यसको साधरण सभा तनहुँको बन्दीपुरमा हुने छ ।

प्रस्तावित लाभांश पारित गर्न सबैको लघुवित्तले फागुन १४ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार फागुन १३ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

त्यसैगरी, लक्ष्मी लघुवित्तले गत वर्षको नाफाबाट घोषणा गरेको २० प्रतिशत (१५% बोनस सेयर र ५% नगद) लाभांश पारित गर्न फागुन २९ गते साधराण सभा बोलाएको छ ।

लाभांश तथा साधरण सभा प्रयोजनका लागि लक्ष्मीले फागुन १७ गते बुकक्लोज तोकेको छ । सो अनुसार फागुन १६ गतेसम्म कायम सेयरधनीले लाभांश पाउने छन् ।

नारायणघाट-बुटवल सडक : चालु वर्षमा १५ किमी कालोपत्र गरिने, ७ पुल सम्पन्न हुँदै Read Previous

नारायणघाट-बुटवल सडक : चालु वर्षमा १५ किमी कालोपत्र गरिने, ७ पुल सम्पन्न हुँदै

३ पटक म्याद थप्दा पनि सकिएन उदिपुर-मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइन Read Next

३ पटक म्याद थप्दा पनि सकिएन उदिपुर-मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइन