३ पटक म्याद थप्दा पनि सकिएन उदिपुर-मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइन

लमजुङ । लमजुङमा निर्माणाधीन उदिपुर-मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइनको म्याद पटक-पटक थपिए पनि काम भने अझै सम्पन्न हुन सकेको छैन । तीन वर्षमा सक्नुपर्ने काम ६ वर्ष हुँदा समेत सम्पन्न हुन सकेको छैन ।

प्रसारण लाइनको म्याद म्याद तीन पटक थपिएको छ । तर हालसम्म करिब ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइनका डिभिजन प्रमुख नारायण रेग्मीका अनुसार रुख कटान आदेशमा ढिलाइलगायत कारणले काममा ढिलाइ भएको हो । प्रसारण लाइनको निर्माणको सम्झौता सन् २०१८ जनवरीमा भएको थियो ।

‘आगामी जुन महिनासम्म सम्पन्न गर्न पुनः म्याद थप गरी काम भइरहेको छ,’ उनले भने । आयोजनाका अनुसार ६७ किलोमिटर दूरी रहेको लमजुङको उदिपुरबाट चितवनको भरतपुरसम्म यस प्रसारण लाइन पुर्याउनका १९३ टावर निर्माण गर्नुपर्नेछ । लमजुङमा ४५ टावर निर्माण हुनेछन् । हालसम्म लमजुङतर्फको २५ टावर निर्माण भएका छन् ।

दोर्दी करिडोरका आयोजनाको विद्युत् मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको स्वीचयार्डसम्म पुर्याउन ६ किलोमिटरसम्म यही प्रसारण लाइन लगिएको छ । उदिपुरबाट मध्यमस्र्याङ्दी खण्डको ६ किलोमिटर खण्डमा १७ टावर निर्माण गरिएका छन् । तनहुँमा १५ टावरको जग हाल्ने काम भएको छ भने चितवनमामा एउटाको जग हालिएको छ । गोरखामा समेत टावरको जग हाल्ने काम भइरहेको आयोजनाले जनाएको छ ।रासस

लक्ष्मी र सबैको लघुवित्तले लाभांश प्रयोजनका लागि तोके बुकक्लोज Read Previous

लक्ष्मी र सबैको लघुवित्तले लाभांश प्रयोजनका लागि तोके बुकक्लोज

विमान खरिदमा हालसम्मकै ठूलो सम्झौता, एयर इन्डियाले एयरबसका २५० जहाज किन्ने Read Next

विमान खरिदमा हालसम्मकै ठूलो सम्झौता, एयर इन्डियाले एयरबसका २५० जहाज किन्ने