काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले विजय लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको छ ।
सेयर बजार खुलिरहेकै बेला लाभांश घोषणा गरेको भन्दै नेप्सले आइतबार लघुवित्तको सेयर कारोबार रोक्का गरेको थियो । अब उप्रान्त त्यस्तो काम नगर्न सचेत गराउँदै नेप्सेले कारोबार फुकुवा गरेको हो ।
लघुवित्त संचालक समितिको माघ १० गते बसेको बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो ।