दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । उपकार लघुवित्त वित्तीय संस्था र अपि पावर कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।

दुवै कम्पनीले साधरण सभा प्रयोजनका लागि भोलि (फागुन ४ गते) गते बुकक्लोज तोकेको छन् । सो अनुसार आजसम्म कायम रहने सेयरधनी मात्र ती कम्पनीको लाभांश पाउने छन् ।

उपकार लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ६१.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ३.२५ प्रतिशत नगद गरी ६५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

त्यसैगरी, अपि पावरले गत आर्थिक वर्षको मुनाफाबाट ७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद गरी ७.८९ प्रतिशत नगद गरी कुल ७.८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

दुवै कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।

विजय लघुवित्तको सेयर कारोबार फुकुवा Read Previous

विजय लघुवित्तको सेयर कारोबार फुकुवा

एशियन हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Next

एशियन हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन