अब बैंकले एकतर्फी रूपमा सेवा शुल्क लिन नपाउने, लिएमा ग्राकहलाई थप १०% रकम दिनुपर्ने

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको अनुमतीबिना एकतर्फी रुपमा सेवाशुल्क लिन नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले ग्राहकको गुनासोलाई मध्येनजर गर्दै यस्तो व्यवस्था गरेको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको अनुमति नै नलिई मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता सेवामा शुल्क लिएकाे भन्ने गुनासो बढेसँगै यस्तो व्यवस्था गरेको हो ।

बैंकहरुले अनुमतिबिना दिइएको सेवामा शुल्क लिए बैंकहरूले सो शुल्कमा १० प्रतिशत थपेर ग्राहकको खातामा हाल्दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

साथै, राष्ट्र बैंकले खातावालाले नमागेको सुविधाबापत बैंकहरुले शुल्क लिएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको वेबसाइटमा उपलब्ध गुनासो अधिकारी समक्ष गुनासो दर्ता गर्न आग्रह गरेको छ ।

यसरी दर्ता गरिएको गुनासोमा सम्बन्धित संस्थाले सुनवाई नभए राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाइमा जानकारी गराउन राष्ट्र बैंकले भनेको छ ।

जनउत्थान लघुवित्तको लाभांश घोषण, बोनस र नगद कति ? Read Previous

जनउत्थान लघुवित्तको लाभांश घोषण, बोनस र नगद कति ?

हिमालयन र सिभिल बैंक ३ दिन बन्द हुने Read Next

हिमालयन र सिभिल बैंक ३ दिन बन्द हुने