चिनियाँ कम्पनीले पायो २० रुपैयाँको नोट छाप्ने ठेक्का

काठमाडौं । २० रुपैयाँको नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीले पाएको छ । चीनको सरकारी कम्पनी चाइना बैंक नोट प्रिन्टिङ उण्ड मिन्टिङ कर्पोरेशनले ३१ करोड थान नोट छाप्ने ठेक्का पाएको हो ।

उक्त कम्पनीले ४६ लाख ९८ हजार ६५८ अमेरिकी डलर (६२ करोड २१ लाख ६२ हजार ७४० नेपाली रूपैयाँ)मा उक्त ठेक्का पाएको हो । ठेक्का पाएको चिनियाँ कम्पनीले नोटको डिजाइन, छपाइ र ढुवानी समेत आफैं गर्नुपर्ने छ ।

नेपाल राष्ट्र बैंकले २० रुपैयाँको ३१ करोड  थान नोट छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो ।

 

दुई लघुवित्तको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ? Read Previous

दुई लघुवित्तको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

सरकारले ६ महिनामा उठायो साढे ५६ अर्ब ऋण Read Next

सरकारले ६ महिनामा उठायो साढे ५६ अर्ब ऋण