दुई लघुवित्तको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले दुई लघुवित्त कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले निर्धन उत्थान लघुवित्त र इन्फिनिटी लघुवित्तको सेयर मूल्य समायोजन गरेको हो ।

दुवै लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

निर्धनले गत आव २०७८/७९ को नाफाबाट वितरण गर्ने १९ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि निर्धनको नयाँ सेयरमूल्य ८३४.४५ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, इन्फिनिटी लघुवित्तले गत वर्षको नाफाबाट वितरण गर्ने २० प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएको हो । समायोजनपछि इन्फिनिटीको सेयर मूल्य ८३१.६७ रुपैयाँ कायम भएको छ ।

अब यही समायोजित मूल्यका आधारमा मंगलबार दुवै कम्पनीको दोस्रो बजारमा सेयर कारोबार खुल्ने छ।

नाडेप लघुवित्तको लाभांश रद्द, यस्तो छ कारण Read Previous

नाडेप लघुवित्तको लाभांश रद्द, यस्तो छ कारण

चिनियाँ कम्पनीले पायो २० रुपैयाँको नोट छाप्ने ठेक्का Read Next

चिनियाँ कम्पनीले पायो २० रुपैयाँको नोट छाप्ने ठेक्का