काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट घोषणा गरेको १०.५२ प्रतिशत लाभांश रद्द भएको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लघुवित्त संचालक समितिको माघ २९ गते बसेको बैंकले उक्त लाभांश रद्द गरेको हो ।
लघुवित्त संचालक समितिको माघ १८ गते बसेको बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।
गत वर्ष नाडेप र डिप्रोक्स लघुवित्तसँग मर्जर सम्झौता गरी बीचमै भाँडिएको थियो । त्यसैले अब अर्को कुनै वित्तीय संस्थासंग गाभ्ने/गाभिने वा प्राप्तिमा नगएसम्मका लागि नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको हो ।