काठमाडौं । ङादी ग्रुप पावरले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनी संचालक समितिको फागुन १ गते बसेको बैठकले सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश विद्युत् नियमन आयोग र कम्पनीको आगामी वार्षिक साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।