भूगोल इनर्जीले फागुन ८ गतेदेखि आइपीओ विक्री गर्ने

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओअ) निष्काशन गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र दैलेखका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४४ हजार ५३ कित्ता सेयर निष्काशन गर्ने भएको हो । सोमध्ये अति प्रभावित क्षेत्र नौमुले द्वारी–३, का बासिन्दाका लागि २ लाख ७२ हजार २६ कित्ता र प्रभावित क्षेत्र नौमुले द्वारी ३ बाहेकका स्थानीय बासिन्दाहरुका लागि २ लाख ७२ हजार २७ कित्ता छुट्याइएको छ ।

त्यसैगरी, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि ८ लाख ८१ हजार १०० रुपैयाँ बराबरको १ लाख ८ हजार ८११ कित्ता सेयर जारी गर्ने भएको छ ।

लगानस्कर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका स्थानीयले छिटोमा फागुन २५ गते र ढिलोमा चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले फागुन २५ गतेभित्र आवेदन दिनु पर्नेछ।

स्थानीय बासिन्दाले आयोजना स्थल, एनआइसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी आस्ब अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी आइआर बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

मौद्रिक नीति असफल भएको छ : डा वाग्ले Read Previous

मौद्रिक नीति असफल भएको छ : डा वाग्ले

सबैभन्दा महँगो सेयर मूल्य भएको महिला लघुवित्तको नाफा आधा घट्यो, यस्तो छ वित्तीय अवस्था Read Next

सबैभन्दा महँगो सेयर मूल्य भएको महिला लघुवित्तको नाफा आधा घट्यो, यस्तो छ वित्तीय अवस्था