सबैभन्दा महँगो सेयर मूल्य भएको महिला लघुवित्तको नाफा आधा घट्यो, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको खुद नाफामा भारी गिरावट आएको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ४६.१५प्रतिशतले घटेको छ ।

लघुवित्तले चालु आवको पुस मसान्तसम्ममा ४ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३ करोड ९० लाख रुपैयाँ कम हो । लघुवित्तले गत वर्षको पहिलो त्रैमासमा ८ करोड ४५ लाख खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र संचालन मुनाफा घटेसँगै लघुवित्तको नाफामा भारी गिरावट आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३.४२ प्रतिशत घटेर १४ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, सञ्चालन मुनाफा ४६.०६ प्रतिशतले घटेर ६ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ ।

हाल १४ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिटेन्ड अर्निङमा १२ करोड ४१ लाख र जगेडा कोषमा १६ करोड ७५ लाख रुपैयाँ संचित छ ।

खुद नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि भारी गिरावट आएके छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ११४.६३ रुपैयाँबाट घटेर ६१.३७ रुपैयाँमा सीमित भएको छ । यस्तै, मूल्य आम्दानी अनुपात ६४.७३ गुणा र खराब४.३७ प्रतिशत छ ।

महिला लघुवित्त नेप्सेमा सूचीकृत ५८ लघुवित्तमध्ये सबैभन्दा महँगो सेयर मूल्य हुने कम्पनी हो । यसको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४११५ रुपैयाँ छ ।

भूगोल इनर्जीले फागुन ८ गतेदेखि आइपीओ विक्री गर्ने Read Previous

भूगोल इनर्जीले फागुन ८ गतेदेखि आइपीओ विक्री गर्ने

कोइला अभावमा हेटौंडा सिमेन्ट उद्योग बन्द Read Next

कोइला अभावमा हेटौंडा सिमेन्ट उद्योग बन्द