सरकारले बजेटको आकार २.४४ खर्ब घटायो, चालु र पूँजीगत दुवै खर्च कटौती (पूर्णपाठ)

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७९/८०को बजेटको आकार झन्डै साढे २ खर्बले घटाएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार २ खर्ब ४४ अर्ब घटाएका हुन् ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले गत जेठ १५ मा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेश गरेका थिए । सो लक्ष्य भेट्टाउन नसक्ने भएपछि संशोधन गर्दै अर्थमन्त्री पौडेलले १५ खर्ब ४९ अर्ब ९९ करोडमा झारेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले बजेटरमा आम्दानी र खर्च दुवैको लक्ष्य घटाइएको जानकारी दिएका छन् । उनले राजस्व संकलनको लक्ष्य १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँबाट घटाएर १२ खर्ब ४४ अर्ब ७५ करोड रुपैयाँमा झारेको बताए ।

त्यस्तै, उनले चालु खर्च ११ खर्ब ८३ अर्ब २३ करोडबाट १० खर्ब २१ अर्ब ९२ करोडमा झारिएको जानकारी दिए । त्यसैगरी, पूँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड छुट्याइएकोमा ३ खर्ब १३ अर्ब ८५ करोड रुपैयँँमा झारिएको छ । वित्तीय व्यवस्थामा २ खर्ब ३० २१ करोड रुपैयाँ छुट्याइएकोमा २ खर्ब १४ करोड मात्र छुट्याइएको छ ।

 

सिमरा सेजमा उद्योग स्थापना गर्न १३ कम्पनीले पाए अनुमति, ५ वटाले गरे सम्झौता Read Previous

सिमरा सेजमा उद्योग स्थापना गर्न १३ कम्पनीले पाए अनुमति, ५ वटाले गरे सम्झौता

नेप्सेमा १ कराेड ३१ लाख कित्ता बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा १ कराेड ३१ लाख कित्ता बोनस सेयर सूचीकृत