सिमरा सेजमा उद्योग स्थापना गर्न १३ कम्पनीले पाए अनुमति, ५ वटाले गरे सम्झौता

काठमाडौं । सिमरा विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापनका लागि १३ वटा उद्योगले अनुमति पाएका छन् । सिमरा सेजमा उद्योग स्थापना तथा संचालनका लागि २७ उद्योगहरुले प्रस्ताव पेश गरेकोमा १३ वटाले अनुमति पाएका हुन् ।

उद्योग संचालनका लागि अनुमति पाउनेमा स्टील, केडिकल इक्युपमेन्ट, ह्याण्डीक्राफ्ट, कृषिजन्य लगायत उद्योग रहेका छन् । सिमरा विशेष आर्थिक क्षेत्रका सिनियर इन्जिनीयर सागर सिलवालले १३ उद्योगले सेजका ६५ प्लटमा उद्योग संचालनका लागि अनुमति पाएका छन् ।

उनका अनुसार उद्योग संचालनका लागि अनुमति पाउने कम्पनीहरुमा दावा शेर्पा/धिरज गुरुङको मनराम हिमालयन ह्याण्डिक्राफ्ट प्रालि, रामकृष्ण ढुंगानाको मेटल पिउरिफाइङ प्लान्ट, रामकष्ण ढुंगानाको मेडिकल इक्यूपमेन्ट म्यान्यूफ्याक्चरिङ, टायर प्रोसेसिंग इन्ष्ट्रिज, विश्वकरण जैनको नेपाल हब्र्स इन्डष्ट्रि, सन्तोष अग्रवाल, सुबोधकुमार कर्ण, मनिषकुमार लाठ र राजलक्ष्मी जयसवालको सिल्भर एण्ड स्टील, जयसवाल एग्रो प्रोसेसिङ, दिपेश चालिसे, नेपाल ग्रामो उद्योग रहेका छन् ।

५ उद्योगले गरे सम्झौता

अनुमति पाएका १३ मध्ये ५ उद्योगले संचालनका लागि सेजसँग सम्झौता गरेका छन् । सिलवालका अनुसार मनराम हिमालयन, बागमती आट्र्स, एभरेष्ट फेसन, बालाजी मेनुफेक्चरिङ, माँ तारा एक्सपोर्ट इम्पोर्ट गरी ५ उद्योगले उद्योग सञ्चालनका लागि सम्झौता गरेका हुन् ।

‘सेजमा आउनका लागि १३ वटा कम्पनीले अनुमती पाएका थिए, तीमध्ये ५ वटा कम्पनीसँग सम्झौता भइसकेको छ ,’ सिलवालले चाणकय पोष्टसँग भने ।

बाँकी ८ कम्पनीले भने उद्योग संचालनका लागि हालसम्म सम्झौता नगरेको उनले बताए । ती उद्योगले पनि चाँडै सम्झौता गर्ने उनको भनाइ छ ।

सरकारले मधेस प्रदेशमा १२०.३४ हेक्टरमा सिमरा सेज बनाएको छ । सिमरा सेजको ‘ए’ ब्लकमा ६५ प्टलका लागि आवेदन खुल्ला गरिएको थियो । हाल ’बी’ ब्लक र ’सी’ खाली छन् । यी ब्लकमा पूर्वाधार विकासका लागि निफ्राले स्वदेशी तथा विदेशी लगानीकर्ता खोज्नेछ ।

सेजभित्र सञ्चालनमा आउने उद्योगले उत्पादनको ६० प्रतिशत विदेश निकासी गर्नुपर्ने प्रावधान छ । उद्योगको प्रकृति हेरेर कतिपय उद्योगले एक वर्षदेखि दुई वर्षभित्र विदेश निकासी गर्ने सम्झौता गर्नुपर्ने छ ।

 

सेयर बजारमा भीषण पहिरो, लगानीकर्ताले एकैदिन गुमाए ८८ अर्ब Read Previous

सेयर बजारमा भीषण पहिरो, लगानीकर्ताले एकैदिन गुमाए ८८ अर्ब

सरकारले बजेटको आकार २.४४ खर्ब घटायो, चालु र पूँजीगत दुवै खर्च कटौती (पूर्णपाठ) Read Next

सरकारले बजेटको आकार २.४४ खर्ब घटायो, चालु र पूँजीगत दुवै खर्च कटौती (पूर्णपाठ)