नेप्सेमा १ कराेड ३१ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा ग्लोबल आइएमई बैंक र नेशनल लाइफ इन्स्योरेन्सको १ कराेड ३१ लाख बढी कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको ३ प्रतिशत बोनस सेयर बापतको ७१ लाख ३८ हजार ७२६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

त्यसैगरी, नेशनल लाइफको १५ प्रतिशतले हुन आउने ६० लाख ५२ हजार ७३७.२३ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा सूचीकृत दुवै बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

सरकारले बजेटको आकार २.४४ खर्ब घटायो, चालु र पूँजीगत दुवै खर्च कटौती (पूर्णपाठ) Read Previous

सरकारले बजेटको आकार २.४४ खर्ब घटायो, चालु र पूँजीगत दुवै खर्च कटौती (पूर्णपाठ)

मौद्रिक नीतिले निजी क्षेत्रलाई उकास्न सकेन : परिसंघ Read Next

मौद्रिक नीतिले निजी क्षेत्रलाई उकास्न सकेन : परिसंघ