युनिलिभरको प्रतिसेयर आम्दानी नै झन्डै २ हजार, खुद नाफा कति ?

काठमाडौं । उत्पादनमूलक कम्पनी युनिलिभर नेपालले खुद नाफामा छलाङ मारेको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार खुद नाफा ७७.४ प्रतिशतले बढेको छ ।

पुस मसान्तसम्म कम्पनीले ५५ करोड २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २४ करोड रुपैयाँ बढी हो । गत वर्ष पुससम्म कम्पनीले ३१ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

उत्पादन विक्रीबाट हुने सञ्चालन आम्दानी र अन्य स्रोतबाट प्राप्त हुने आम्दानी बढेपछि कम्पनीको खुद नाफामा उल्लेख्य सुधार आएको हो । पुस मसान्तसम्म कम्पनीको कुल आम्दानी ३१.७६ प्रतिशतले बढेर २ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा कम्पनीले १ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेको थियो।

यस्तै, कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि ३ करोड २६ लाख रुपैयाँबाट बढेर ४ करोड ५६ लाख रुपैयाँ पुगेको छ । हाल ९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ३ अर्ब ३३ करोड रुपैयाँ संचित छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२६७ रुपैयाँबाट बढेर वार्षिक १९८६ रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ पनि ३ हजार ७२२ रुपैयाँ छ ।

युनिलिभर नेपाली सेयर बजारको सबैभन्दा महँगो सेयर मूल्य भएको कम्पनी हो । आइतबार (१२ बजे)सम्म यसको सेयर प्रतिकित्ता १९ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सेयर बजारमा भीषण पहिरो Read Previous

सेयर बजारमा भीषण पहिरो

सबै नेपाली दूतावासमा  ‘श्रमिक हेल्प डेस्क’ राखिने Read Next

सबै नेपाली दूतावासमा  ‘श्रमिक हेल्प डेस्क’ राखिने