एचआइडीसीएलको नाफामा उल्लेख्य वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल)को खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ४८.८५ प्रतिशतले बढेको छ ।

कम्पनीले पुस मसान्तसम्म ६७ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२ करोड बढी हो । गत वर्षको पुससम्म ४५ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको वित्तीय र लाभांश आम्दानी बढेसँगै खुद नाफा बढ्न सहयोग पुगेको हो। समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ४८.२६ प्रतिशतले बढेर १ अर्ब २ करोड पुगेको छ । त्यस्तै, लाभांश आम्दानी २४.०१ प्रतिशत बढेर १ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।

हाल २१ अर्ब २७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोष १४.२२ प्रतिशत घटेर २ अर्ब ३२ करोड रुपैयाँमा झरेको छ ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा प्रतिसेयर आम्दानी ४.८५ रुपैयाँबाट बढेर ६.३५ रुपैयाँ पुगेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ १०५.६६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३४.०३ गुणा छ।

कमला-कञ्चनपुर सडक विस्तार तीव्र गतिमा, महिनामै ५ प्रतिशत प्रगति गर्दै Read Previous

कमला-कञ्चनपुर सडक विस्तार तीव्र गतिमा, महिनामै ५ प्रतिशत प्रगति गर्दै

बिजुली बेचेर झन्डै ५ अर्ब कमाउँदा पनि माथिल्लो तामाकोशी किन गयो घाटामा ? Read Next

बिजुली बेचेर झन्डै ५ अर्ब कमाउँदा पनि माथिल्लो तामाकोशी किन गयो घाटामा ?