बिजुली बेचेर झन्डै ५ अर्ब कमाउँदा पनि माथिल्लो तामाकोशी किन गयो घाटामा ?

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको खुद नोक्सानी दोब्बरभन्दा धेरैले बढेको छ ।

कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपस्किृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्म ८२ करोड ४८ लाख नोक्सानीमा रहेको छ ।

जबकी गत वर्षको सोही अवधिमा कम्पनी ३३ करोड ५ लाख नोक्सानीमा थियो । विद्युत् विक्री आम्दानी, संचालन नाफा बढे पनि वित्तीय खर्च बढ्दा कम्पनीको नोक्सानी बढेको हो । बैंकिङ प्रणालीमा भएको ब्याजदर वृद्धिले कम्पनीको नोक्सानी ह्वात्तै बढाएको हो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत् विक्रीबाट हुने आम्दानी ३६.७१ प्रतिशतले बढेको छ । पुस मसान्तसम्म कम्पनीले विद्युत् विक्रीबाट ४ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीले ३ अर्ब ६४ करोडको बिजुली बेचेको थियो ।

यस्तै, कम्पनीको संचालन नाफा ४८.७५ प्रतिशतले बढेर २ अर्ब ७८ करोड पुगेको छ । समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ६५.५२ प्रतिशतले बढेर ३ अर्ब ६४ करोड पुगेको छ ।

हाल १० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ ३ अर्ब ९८ रुपैयाँ ऋणात्मक छ । नोक्सानी बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी ऋणात्मक भएको छ । पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७.७९  रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ६२.३८ रुपैयाँ छ ।

एचआइडीसीएलको नाफामा उल्लेख्य वृद्धि, प्रतिसेयर आम्दानी कति ? Read Previous

एचआइडीसीएलको नाफामा उल्लेख्य वृद्धि, प्रतिसेयर आम्दानी कति ?

साहस ऊर्जाको ८६ मेगावाटको सोलुखोला दूधकोशीको बिजुली राष्ट्रिय प्रसारणमा जोडियो Read Next

साहस ऊर्जाको ८६ मेगावाटको सोलुखोला दूधकोशीको बिजुली राष्ट्रिय प्रसारणमा जोडियो