शिवम् सिमेन्टको खुद नाफा झन्डै ३३ करोड, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । शिवम् सिमेन्टको खुद नाफामा गिरावट आएको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २३ प्रतिशतले घटेको छ ।

कम्पनीले पुस मसान्तसम्म ३२ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै १० करोड बढी हो । कम्पनीले गत वर्षको सोही अवधिमा ४२ करोड ७३ लाख नाफा कमाएको थियो ।

अन्य आम्दानी बढे पनि सञ्चालन आम्दानीमा भारी गिरावट आउँदा कम्पनीको नाफा घटेको हो । समीक्षा अवधिमा कम्पनीको संचालन आम्दानी २७.३७ प्रतिशतले घटेर ३ अर्ब ३४ करोडमा सीमित भएको छ । गत वर्ष सोही अवधिमा यस्तो आम्दानी ४ अर्ब ६० करोड थियो ।

कम्पनीको अन्य आम्दानी भने २२८८.८६ प्रतिशतले बढेर ३२ करोड ३६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कुल खर्च १८.८२ प्रतिशतले घटाउन सफल भएको छ । समीक्षा अवधिमा कुल खर्च ४ अर्ब ११ करोडबाट ३ अर्ब ३३ करोडमा झारेको छ ।

हाल ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४ अर्ब ७० करोड संचिति छ ।

नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १९.४२ रुपैयाँबाट घटेर १४.९६ रुपैयाँ छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०६.८५ रुपैयाँ छ ।

एशियन हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ? Read Previous

एशियन हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

चन्द्रागिरि हिल्सको वित्तीय अवस्था सुध्रिँदै, नाफामा जान थाल्यो, ईपीएस कति ? Read Next

चन्द्रागिरि हिल्सको वित्तीय अवस्था सुध्रिँदै, नाफामा जान थाल्यो, ईपीएस कति ?