सेयर बजारमा करेक्शन, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । मंगलबार एकैदिन ७६ अंकले बढेको नेप्सेमा आज सामान्य करेक्शन आएको हो ।

सूचकमा गिरावट आए पनि कारोबार रकममा भने बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३३ करोड करोडले बढेर ३ अर्ब ६९ करोड पुगेको छ ।

बुधबार नेप्से ७.१६ अंकले घटेर २१७०.१८ विन्दुमा आइपुगेको छ । यसदिन २५७ कम्पनीको ३ अर्ब ६९ करोड रुपैयाँ बढीको १ करोड ५ लाख २ हजार ६४९ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वट उपसमूहमध्ये अन्य र व्यापार बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । फाइनान्स समूह सबैभन्दा धेरै १.९२ प्रतिशतले घटेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ११ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, अपि पावर १० करोड र ङादी ग्रुप पावर झन्डै ९ करोड रुपैयाँको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

घट्दो बजारमा आज आदर्श लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ५.१४ प्रतिशत गुमाएका छन् । त्यस्तै, पोखरा फाइनान्स ४.९८, ग्रीन भेन्चर्स, राष्ट्र उत्थान र हिमालयन पावरको सेयर मूल्य ३ प्रतिशतले घटेको छ ।

त्यस्तै, मन्दाकिनी हाइड्रोपावर, सेन्ट्ररल फाइनान्स, आइसीएफसी फाइनान्स, युनियन र माउन्टेन हाइड्रोको सेयर मूल्य साढे २ प्रतिशतले घटेको छ ।

नबिलसहित ९ वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा, ४ वटालाई ५० लाख जरिवाना (सूचीसहित) Read Previous

नबिलसहित ९ वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा, ४ वटालाई ५० लाख जरिवाना (सूचीसहित)

समयमै नबन्दा राष्ट्रिय गौरवका आयोजनाको लागत १५ खर्ब बढ्यो, कुनको कति ? Read Next

समयमै नबन्दा राष्ट्रिय गौरवका आयोजनाको लागत १५ खर्ब बढ्यो, कुनको कति ?