काठमाडौं । नेपाल राष्ट्र बैंकले ऐन, निर्देशन उल्लंघन गर्ने ९ वाणिज्य बैंकलाई कारबाही गरेको छ । । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा राष्ट्र बैंकले गरेको अनुसन्धानको क्रममा नियम उल्लंघन गरेको पाइएपछि ९ बैंकलाई कारबाहीमा परेका हुन् ।
राष्ट्र बैंक सुपरीवेक्षण विभागका अनुसार कारबाहीमा पर्ने बैंकहरुमा प्रभु, कुमारी, साविकको बैंक अफ काठमाण्डू, प्राइम कमर्शियल, नबिल, माछापुच्छ्रे, सानिमा, साविकको नेपाल इन्भेष्टमेन्ट र सिभिल बैंक रहेका छन् ।
राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणको ऐन र निर्देशनको उल्लंघन गरेको भन्दै प्रभु, कुमारी, साविकको बैंक अफ काठमाण्डू र प्राइम कमर्शिल बैंकलाई कारबाही गरेको छ । यी चारै बैंकलाई कारबाही बापत ५०/५० लाख जरिवाना समेत तिराएको छ ।
यसैगरी, माछापुच्छ्रेलाई जोखिम भारित गणना नगरेको र बढी प्रिमियम लिएको, सानिमालाई सीईओलाई तोकभन्दा बढी सुविधा दिएको, सिभिल र इन्भेष्टमेन्टलाई बढी प्रिमियम लिएको कसुरमा कारबाही गरेको हो ।