बुटवल पावरको नाफामा सुधार, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । बुटवल पावर कम्पनीकोे खुद नाफामा सुधार भएको छ । कम्पनीले बुधबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रोे त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २६.०३ प्रतिशतले बढेको छ ।

चालु वर्षको पुस मसान्तसम्म कम्पनीले २२ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४ करोड ७३ लाख रुपैयाँ बढी हो । कम्पनीले गत वर्षको पुससम्म १८ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको वित्तीय आम्दानी, विद्युत् विक्री आम्दानी र संचालन नाफा बढ्दा खुद नाफामा पनि सुधार भएको हो । समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी १५.४९ प्रतिशतले बढेर ५ करोड ७३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो आम्दानी ४ करोड ९६ लाख रुपैयाँ थियो ।

त्यस्तै, कम्पनीको संचालन नाफा १९.१२ प्रतिशतले बढेर २३ करोड ६ लाख रुपैयाँ पुगेको छ भने विद्युत विक्री आम्दानी २ प्रतिशतले बढेर ४३ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

हाल ३ अर्ब ४० करोड चुक्ता पूँजी रहेको कम्पनीको अन्य इक्वीटी ३ अर्ब ५६ करोड रुपैयाँ छ ।

खुद नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११.१८ रुपैयाँबाट बढेर २६.८४ रुपैयाँ पुगेको छ।

यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ २०४.६४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४९.४८ गुणा छ ।

फागुन ४ गतेदेखि आइपीओ विक्री गर्दै मोलुङ हाइड्रोपावर Read Previous

फागुन ४ गतेदेखि आइपीओ विक्री गर्दै मोलुङ हाइड्रोपावर

सेयर मूल्य २५६७ रुपैयाँ भएको लघुवित्तको नाफा जम्मा ७ लाख, ईपीएस कति ? Read Next

सेयर मूल्य २५६७ रुपैयाँ भएको लघुवित्तको नाफा जम्मा ७ लाख, ईपीएस कति ?