फागुन ४ गतेदेखि आइपीओ विक्री गर्दै मोलुङ हाइड्रोपावर

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीले फागुन ४ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) विक्री गर्ने भएको छ ।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले २२ करोड ६४ लाख ६५ हजार ५०० रुपैयाँ बराबरको २२ लाख ६४ हजार ६५५ कित्ता सेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताका लागि आवेदन दिन पाइने छ । सो आइपीओमा फागुण १० गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी इस्यूअर डबल बी रेटिङ दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँदछ ।

कालीगण्डकी करिडोरको निर्माण आधाभन्दा कम, समयमै सम्पन्न नहुने Read Previous

कालीगण्डकी करिडोरको निर्माण आधाभन्दा कम, समयमै सम्पन्न नहुने

बुटवल पावरको नाफामा सुधार, प्रतिसेयर आम्दानी कति ? Read Next

बुटवल पावरको नाफामा सुधार, प्रतिसेयर आम्दानी कति ?