पेट्रोलियम पदार्थको मूल्य वृद्धि, प्रतिलिटर कति पुग्यो ?

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँले बढाएको हो ।

बढेको मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १७८ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १७५ रुपैयाँ कायम भएको छ । वृद्धि गरिएको मूल्य सोमबार राति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ । ।

हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ । निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अनुमानित नोक्सानीको अवस्थालाई मध्यनजर गर्दै निगम व्यवस्थापनको २०७९/१०/२३ को निर्णयअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मट्टितेलको साबिकको खुद्रा बिक्रीमा वृद्धि गरिएको छ ।’

एटीआर विमान दुर्घटना : प्रारम्भिक अनुसन्धान सम्पन्न, डाटा रेकर्डरमा के देखियाे ? Read Previous

एटीआर विमान दुर्घटना : प्रारम्भिक अनुसन्धान सम्पन्न, डाटा रेकर्डरमा के देखियाे ?

पहाडी क्षेत्रमा सबैभन्दा धेरै मूल्य वृद्धि Read Next

पहाडी क्षेत्रमा सबैभन्दा धेरै मूल्य वृद्धि