नेप्सेमा सामान्य अंकको बढोत्तरी, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजार झिनो अंकले बढेको छ । आइतबार १ अंकले बढेको नेप्से आज ४ अंकले बढेको हो ।

सूचकमा सुधार आए पनि कारोबार रकमा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६ करोडले घटेर डेढ अर्बभन्दा कममा सीमित भएको छ ।

सोमबार नेप्से ४.६२ अंकले बढेर २१००.७० विन्दुमा पुगेको छ । यसदिन २५९ कम्पनीको १ अर्ब ४७ करोड रुपैयाँ बढीको ३९ लाख २२ हजार २१६ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ वटाको परिसूचक बढेको छ भने ५ वटाको घटेको छ । उत्पादनमूलक समूह सबभन्दा धेरै १.३६ प्रतिशतले बढेको छ ।

आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै साढे ६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, युनिभर्सल पावर ५ करोड र नेपाल लाइफ इन्स्योरेन्स पौने ५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

बढ्दो बजारमा आज आदर्श लघुवित्तको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, महुली लघुवित्त ५.५१, युनिभर्सल पावर ४.९९ र सिभिल लघुवित्तको सेयर मूल्य ४ प्रतिशतले बढेको छ ।

नेपालको सार्वजनिक ऋण २० खर्ब बढी, सरकारले कसरी तिरिरहेको छ ? Read Previous

नेपालको सार्वजनिक ऋण २० खर्ब बढी, सरकारले कसरी तिरिरहेको छ ?

डलर संचितिमा उच्च सुधार, एक महिनामै ढुकुटीमा थपियो ४८ करोड डलर Read Next

डलर संचितिमा उच्च सुधार, एक महिनामै ढुकुटीमा थपियो ४८ करोड डलर