काठमाडौं । साविकको मेगा बैंक नेपालको ग्राहकको खाता नम्बर परिवर्तन भएको छ ।
साविकको नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्ज भई पुस २७ गतेदेखि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार गरेसँगै पुरानो खाता नम्बर परिवर्तन भएको हो ।
आफ्नो नयाँ खाता नम्बर थाहा पाउन ग्राहकले हालको इन्भेष्टमेन्ट मेगा बैंकको आफूलाई पायक पर्ने कुनै पनि शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।
कनेक्ट आइपीएसमा आबद्ध ग्राहकको खाता नम्बर बैंकमार्फत नै अद्यावधिक गरिएको बैंकले जानकारी गराएको छ । सीआरएन नम्बर भने पुरानै नम्बर यथावत रहेको बैंकले जनाएको छ ।