सुपर मादी हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । सुपर मादी हाइड्रोपावरको प्राथमिक साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटलले आज बिहान आइपीओ बाँडफाँट गरेको हो ।

सानिमा क्यापिटलका अनुसार गोलाप्रथाबाट १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । ११ लाख २४ हजार ३९३ जनाकाे हात रित्तो भएको छ ।

कम्पनीले माघ ९ गतेदेखि सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १७ करोड ४३ लाख ४० रुपैयाँ बराबरको १७ लाख ४३ हजार कित्ताका आइपीओ विक्रीमा ल्याएको थियो ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट र सुपर मादी हाइड्रोपावरको वेबसाइटबाट पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

ऋण दिन नसक्ने अवस्थामा ठूला बैंक, कुनको सीडी रेसियो कति ? Read Previous

ऋण दिन नसक्ने अवस्थामा ठूला बैंक, कुनको सीडी रेसियो कति ?

यस वर्ष तोरीको उत्पादन बढ्ने Read Next

यस वर्ष तोरीको उत्पादन बढ्ने