सीवाइसी नेपाल लघुवित्तको नाफामा भारी गिरावट, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको खुद नाफामा भारी गिरावट आएको छ । लघुवित्तले साेमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ५८.९७ प्रतिशतले घटेको छ ।

लघुवित्तले चालु आवको पुस मसान्तसम्ममा २ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३ करोड ४३ लाख रुपैयाँ कम हो । लघुवित्तले गत वर्षको पहिलो त्रैमासमा ५ करोड ८१ लाख खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी बढे पनि संचालन मुनाफा घट्दा र प्रोभिजन रकम बढ्दा लघुवित्तको नाफामा भारी गिरावट आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १६.७२ प्रतिशत बढेर १२ करोड १४ लाख रुपैयाँमा सीमित भएको छ । लघुवित्तको सञ्चालन मुनाफा ४०.८३ प्रतिशतले घटेर ३ करोड ८० लाखमा सीमित भएको छ ।

समीक्षा अवधिमा लघुवित्तले १ अर्ब ५७ करोड निक्षेप संकलन र १ अर्ब ७७ करोड सापटी लिई कुल ४ अर्ब १करोड ऋण लगानी गरेको छ । हाल १२ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २४ करोड ७४ लाख रुपैयाँ संचित छ ।

नाफामा गिरावट आएसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा ठूलो गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ३९.२४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३३३.४३ रुपैयाँ छ ।

यस अवधिमा लघुवित्तको खराब कर्जा झन्डै दोब्बरले बढेर ४.६ प्रतिशत पुगेको छ ।

सुपर माइ हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ? Read Previous

सुपर माइ हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

एमसीसी अन्तर्गत निर्माण हुने रातामाटे सबस्टेशनप्रति स्थानीय तहको असन्तुष्टी Read Next

एमसीसी अन्तर्गत निर्माण हुने रातामाटे सबस्टेशनप्रति स्थानीय तहको असन्तुष्टी