सुपर माइ हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

काठमाडौं । सुपर माइ हाइड्रोपावर लिमिटेडले आज (कार्यालय समय)देखि प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला गर्ने भएको छ ।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ४ करोड १५ लाख रुपैयाँ बराबरको ४ लाख १५ हजार कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन पाउने छन् । कम्पनीको आइपीओमा माघ २६ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा फागुन ८ गतेसम्म आवेदन दिन पाइने छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र इलामा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहकि लगानी कोषलाई आइपीओ विक्री गरिसकेका छ ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर ट्रिपल बी माइनस रेटिङ’ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीद्धारा इलाममा निर्मित ७।८ मेगावबाटको सुपरमाइ जलविद्युत आयोजनाले २०७५ कात्तिक ११ गतेदेखि व्यापारिक रुपमा विद्युत उत्पादन गरिरहेको छ। सो आयोजनाको कुल लागत १ अर्ब ४८ करोड रुपैयाँ रहेका छ भने प्रतिमेगावाट लागत १९ करोड ८ लाख रुपैयाँ रहेका छ ।

स्थानीय राजस्व व्यवस्थापन प्रणाली आजदेखि कार्यान्वयनमा Read Previous

स्थानीय राजस्व व्यवस्थापन प्रणाली आजदेखि कार्यान्वयनमा

सीवाइसी नेपाल लघुवित्तको नाफामा भारी गिरावट, प्रतिसेयर आम्दानी कति ? Read Next

सीवाइसी नेपाल लघुवित्तको नाफामा भारी गिरावट, प्रतिसेयर आम्दानी कति ?