काठमाडौं । सेयर बजारमा झिनो अंकको सुधार आएको छ । गत साता ८८ अंकले घटेको नेप्से आज डेढ अंकले बढेको हो ।
सूचकमा झिनो सुधार आए पनि कारोबार रकमा भने गिरावट आएको छ । गतसाता औसतमा दैनिक साढे २ अर्ब कारोबार हुँदै आएकोमा आज २ अर्बभन्दा कममा सीमित भएको छ ।
आइतबार नेप्से १.५४ अंकले बढेर २०९६.०८ विन्दुमा पुगेको छ । यसदिन २५८ कम्पनीको १ अर्ब ५३ करोड रुपैयाँ बढीको ५२ लाख ६ हजार ३७० कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ वटाको परिसूचक बढेको छ भने ५ वटाको घटेको छ । फाइनान्स समूह सबैभ्न्दा धेरै १.६१ प्रतिशतले बढेको छ ।
आज नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको साढे ६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, एनआइसी एशिया र नबिल बैंक पौने ५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
बढ्दो बजारमा आज आदर्श लघुवित्तको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, पोखरा फाइनान्स ८.३९, सिद्धार्थ इक्वीटी फण्ड ४.२९, जानकी फाइनान्स ४.१५, चिलिमे हाइड्रोपावर ४.०८ र मिथिला लघुवित्तको सेयर मूल्य ४ प्रतिशतले बढेको छ ।