काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ केजी सुनसहित एकजना क्यानेडियन नागरिक पक्राउ परेका छन्।
गए राति दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मार्फत नेपाल आएका मोहम्मद कमाल माहगौब ९ केजी सुनसहित पक्राउ परेका हन् ।
विमानस्थल भन्सारले चेकजाँज क्रममा उनलाई पक्राउ गरेको हो । महगौब पहिलो पटक नेपाल आएका व्यक्ति हुन्। उनले कम्मरमा फल्स बटन बनाएर ८ वटा गोल्ड बिस्कुट नेपाल भित्र्याउन खोजेका थिए ।
पछिल्लो समय त्रिभुवन विमानस्थल हुँदै सुन तस्करी बढ्दो क्रममा छ । दुई महिना अघि मात्र विमानस्थलबाट २० केजी सुनसहित केही व्यक्ति पक्राउ परेका थिए ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अचाक्ली महँगिएसँगै तस्करी झनै बढ्न थालेको हो । नेपाल विगतदेखि नै सुनतस्करीको ट्रन्जिट प्वाइन्ट बन्दै आएको छ ।