आदर्श र नाडेप लघुवित्तको लाभांश घोषणा, कुन कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत थप दुई लघुवित्तको लाभांश घोषणा भएको छ ।

बिहीबार आदर्श वित्तीय संस्था र नाडेप लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन् ।

दुवै लघुवित्तको माघ १८ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । आदर्श लघुवित्तले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

त्यसैगरी, नाडेप लघुवित्तले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

दुवै लघुवित्तको प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

वैशाखभित्रै संचालनमा आउँदै ३ नयाँ केबलकार, यी ठाउँमा बन्दैछन् Read Previous

वैशाखभित्रै संचालनमा आउँदै ३ नयाँ केबलकार, यी ठाउँमा बन्दैछन्

कालिञ्चोक दर्शनको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Next

कालिञ्चोक दर्शनको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा