काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको प्राथमिक साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले आज बिहान १० बजे आइपीओ बाँडफाँट गरेको हो ।
नबिल इन्भेष्टमेन्टका अनुसार गोलाप्रथाबाट ८९ हजार ६४० जना जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । १३ लाख ७५ हजार जनाको हात रित्तो भएको छ ।
कम्पनीले माघ ३ गतेदेखि सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ८ लाख ९६ हजार ४०० कित्ताका आइपीओ विक्रीमा ल्याएको थियो ।
कहाँबाट हेर्ने रिजल्ट ?
कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।
यसैगरी, विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको वेबसाइट र कालिञ्चोक दर्शनको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।