पर्यटक आवगमनमा सुधार हुँदै, जनवरीमा भित्रिए ५५ हजार विदेशी

काठमाडौं । विदेशी पर्यटक आवगमनमा सुधार हुँदै गएको छ । कोरोना महामारीपछि नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुन नसके पनि क्रमशः सुधार हुँदै गएको हो ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को पहिलो महिना (जनवरी)मा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। यो सन् २०२२ को तुलनामा तेब्बर बढी हो । २०२२ को जनवरीमा १६ हजार ९७५ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

पर्यटकीय गतिविधिका लागि जनवरी महिना अफ सिजन मानिए पनि यस वर्ष उत्साहजनक रुपमा पर्यटक आएका छन् । विगतमा धेरै पर्यटक आउने चीनबाट भने नेपाल पर्यटक आएका छैनन् । कोरोनाको कारण भन्दै चीनले अझै आफ्ना नागरिकलाई भम्रण अनुमति दिएको छैन ।

बोर्डकाअनुसार सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट झन्डै एकतिहाई अर्थात् १६ हजार ४३६ पर्यटक आएका छन्। त्यस्तै, अमेरिकाबाट ६ हजार ५६१, अष्ट्रेलियाबाट ३ हजार ४४१ र बंगलादेशबाट २ हजार ४६८ पर्यटक भित्रिएका छन्।

२०२२ को जनवरीदेखि डिसेम्बरसम्ममा कुल ६ लाख १४ हजार १४८ विदेशी नेपाल भ्रमणका लागि आएका थिए ।

कामना सेवा विकास बैंकका सीईओसहित ४ जना पक्राउ Read Previous

कामना सेवा विकास बैंकका सीईओसहित ४ जना पक्राउ

वैशाखभित्रै संचालनमा आउँदै ३ नयाँ केबलकार, यी ठाउँमा बन्दैछन् Read Next

वैशाखभित्रै संचालनमा आउँदै ३ नयाँ केबलकार, यी ठाउँमा बन्दैछन्