काठमाडौं । कामना सेवा विकास बैंकका सीईओसहित ४ जना पक्राउ परेका छन् । कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय दमकले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बैंकका सीईओ प्रवीण बस्नेत, हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी रहेका छन् । थापा र दाहाल बैंकका ऋणी हुन् ।
पक्राउ परेका उनीहरुलाई प्रहरीले जिल्ला अदालत झापाबाट म्याद थप गरी बैंकिङ कसुर मुद्दामा अनुसन्धान गरिरहेको छ।
उनीहरुको मिलेमतोमा बैंकबाट ३२ करोड रुपैयाँ कर्जा अपचलन भएको बताइएको छ । नेपाल राष्ट्र बैंकले ऋण अपचलन भएको भन्दै थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई पत्र पठाएपछि मात्र झापाको इलाका प्रहरी कार्यालय दमकले बस्नेतसहितका अन्य तीनलाई पक्राउ पूर्जी जारी गरिएको थियो ।