नबिल बैंकका ग्राहकले शाओमीका सामान किस्तामा किन्दा ब्याज तिर्न नपर्ने

काठमाडौं । नबिल बैंक र शाओमीबीच शून्य इएमआईसम्बन्धी सम्झौता भएको भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान खरिद गर्दा ब्याज नलाग्ने भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र शाओमीको तर्फबाट नेपाल प्रमुख अमितकुमार पन्डा, रमेश कर्पोरेशनका कार्यकारी निर्देशक सञ्जय अग्रवालले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार नबिल बैंक ग्राहकले शाओमी ब्राण्डका मोबाइल फोन, ल्यापटप र टेलिभिजन खरिद गर्दा ईएमआइमा ब्याज लाग्ने छैन । यस्तो सुविधा तीन महिना र ६ महिनाको लागि उपलब्ध गराइएको नबिल बैंकले जनाएको छ ।

शाओमी ब्राण्डको मोबाइल खरिद गर्दा शून्य प्रतिशत, ३० प्रतिशत, अथवा ५० प्रतिशत डाउनपेमेन्ट गरी शाओमी ब्रान्डको मोबाइल, टेलिभिजन अथवा ल्यापटप खरिद गर्न सक्ने बैंकले जनाएको छ ।

त्यस्तै मोबाइल, टेलिभिजन र ल्यापटपमा ५० प्रतिशतभन्दा कम डाउनपेमेन्ट गरेमा ब्याज नलागेपनि न्युनतम सेवा शुल्क भने लाग्ने बैंकले जनाएको छ । सुविधा लिन भने नबिल बैंक क्रेडिट कार्ड होल्डर हुनु पर्नेछ ।

ठेक्का लागेको १ वर्षमा पनि सुरू भएन पोखरामा तार भूमिगत गर्ने काम Read Previous

ठेक्का लागेको १ वर्षमा पनि सुरू भएन पोखरामा तार भूमिगत गर्ने काम

गुह्येश्वरी मर्चेन्टको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

गुह्येश्वरी मर्चेन्टको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन