गुह्येश्वरी मर्चेन्टको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको ६.८४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधरण सभा प्रयोजनका लागि भोलि (माघ २० गते) गते बुकक्लोज तोकेको छ। सो अनुसार आजसम्म कायम रहने सेयरधनी मात्र ती कम्पनीको लाभांश पाउने छन् ।

फाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ६.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३४ प्रतिशत नगद गरी ६.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।

नबिल बैंकका ग्राहकले शाओमीका सामान किस्तामा किन्दा ब्याज तिर्न नपर्ने Read Previous

नबिल बैंकका ग्राहकले शाओमीका सामान किस्तामा किन्दा ब्याज तिर्न नपर्ने

सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Next

सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन