सेयर बजारले गर्‍यो कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजारले कमब्याक गरेको छ । यस साताको तीन दिनमा ७० अंकले घटेको नेप्सेले आज सामान्य अंकले कमब्याक गरेको हो ।

सूचकमा सुधार आए पनि कारोबार रकममा भने भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्बले घटेर पौने २ अर्बमा सीमित भएको छ ।

बुधबार नेप्से ४.९७ अंकले बढेर २११६.६५ विन्दुमा पुगेको छ । यसदिन २६१ कम्पनीको १ अर्ब ७६ करोड रुपैयाँ बढीको ५० लाख २४ हजार ३८१ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ समूहको घटेको छ । हाइड्रोपावर र विकास बैंक समूह १ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, रिडी पावर पौने ५ करोड र एनआइसी एशिया बैंक साढे ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

बढ्दो बजारमा आज आदर्श लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, सिद्धार्थ इन्स्योरेन्स ८.२८, इस्टर्न हाइड्रोपावर ६.१७, राप्ती हाइड्रोपावर ६.०२, सयपत्री हाइड्रोपावर ५.३९, सानीमा जीआइसी इन्स्योरेन्स र स्ट्याण्डर्ड चार्टर्डको सेयर मूल्य ४ प्रतिशतले बढेको छ ।

भारतको नयाँ बजेट : कार र स्मार्ट फोन सस्तिने, नेपालले पाउने अनुदान  घट्यो Read Previous

भारतको नयाँ बजेट : कार र स्मार्ट फोन सस्तिने, नेपालले पाउने अनुदान घट्यो

विदेशबाट निर्माण सामग्री आइनपुग्दा ग्वार्को फ्लाइओभर निर्माणमा ढिलाइ Read Next

विदेशबाट निर्माण सामग्री आइनपुग्दा ग्वार्को फ्लाइओभर निर्माणमा ढिलाइ