भारतको नयाँ बजेट : कार र स्मार्ट फोन सस्तिने, नेपालले पाउने अनुदान घट्यो

काठमाडौं । भारत सरकारले कार, स्मार्ट फोन, टेलिभिजन लगायत विद्युतीय सामानमा लाग्ने कर घटाएको छ ।

बुधबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२३/२४ का लागि बजेट प्रस्तुत गर्दै कार, स्मार्टफोन, टेलिभिजन जस्ता विद्युतीय सामानहरुमा लाग्दै आएको कस्टम ड्युटी कम गर्ने घोषणा गरेकी हुन् ।

उनले विद्युतीय सवारी साधनका लागि बनाइने ब्याट्रीमा प्रयोग हुने सामग्री तथा औजारमा सन् २०२४ मार्च ३१ सम्म कुनै पनि भन्सार शुल्क नलाग्ने घोषणा गरेकी छिन् ।

यससँगै अब भारतमा उत्पादन हुने विद्युतीय कार, मोटरसाइकल लगायत सामानको मूल्य घट्ने भएको हो । यद्यपि, विदेशबाट आयात हुने कम्बस्चन र विद्युतीय गाडी दुवैको कर भने बढाएको छ ।

उनले कार, स्मार्टफोन, टेलिभिजन बाहेकका वस्तुहरुको आयातमा कर कम गर्ने घोषणा गरेकी छिन् । उनले कपडा बाहेक अन्य वस्तुमा लाग्ने भन्सार शुल्क दर २१ प्रतिशतबाट घटाएर १३ मा ल्याउने प्रस्ताव गरेकी छिन्।

नेपाललाई दिने अनुदान घट्यो

भारत सरकारले आगामी वर्ष नेपाललाई दिने अनुदान सहयातमा पनि घटाएको छ । अर्थमन्त्री सीतारमणले भारतको विदेश मन्त्रालयमार्फत नेपालसहित छिमेकी मुलुकहरुलाई दिने अनुदान सहायता बजेट घटाएकी हुन् ।

नयाँ बजेट अनुसार यस वर्षका लागि भारतले नेपाललाई ५ अर्ब ५० करोड भारु दिने भएको छ । यो गत वर्षको विनियोजित बजेटभन्दा २ अर्ब कम हो । गत आवमा भारतले नेपालका लागि ७ अर्ब ५० करोड भारतीय रुपैयाँ विनियोजन भएको थियो ।यद्यपि, पछि संशोधन गरेर ४ अर्ब ४६ करोड भारु अनुदान दिने बताएको थियो ।

भारतबाट बढेर आयो डिजेल/पेट्रोलको भाउ, प्रतिलिटर कति ? Read Previous

भारतबाट बढेर आयो डिजेल/पेट्रोलको भाउ, प्रतिलिटर कति ?

सेयर बजारले गर्‍यो कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Next

सेयर बजारले गर्‍यो कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी