भारतबाट बढेर आयो डिजेल/पेट्रोलको भाउ, प्रतिलिटर कति ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्र्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा पनि भाउ बढेर आएको छ । भारतीय आयल निगमले बुधबार पेट्र्रोलियम पद्धार्थको भाउ बढाएर नयाँ मूल्यसूची पठाएको हो ।

आइओसीबाट प्राप्त खरिद मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ८.०१ रुपैयाँ, डिजेलमा ७.९८ रुपैयाँ भाउ बढेर आएको निगमले जनाएको छ ।

त्यस्तै, हवाई इन्धनमा प्रतिलिटर ७.८० रुपैयाँ र मट्टीतेलमा ४.६१ रुपैयाँ बढेर आएको  छ । भाउ बढेर आएसँगै निगम फेरि घाटामा जाने भएको छ ।

गत भदौदेखि लगातार नाफामा रहेको निगमलाई आगामी १५ दिनमा ९ करोड बढी घाटा हुने जनाइएको छ । यद्यपि, निगमले बढेर आएको भाउ अनुसार मूल्य बढाउने नबढाउने बारे केही बताएको छैन ।

निगमले इण्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्नुपर्ने रकम, पुरानो बक्यौता एवं नेपाल सरकारलाई तिर्नुपर्ने ऋण समेत गरी अझै पनि करिब १८ अर्ब बाँकी छ ।

बागलुङ-पोखरा सडक दैनिक ८ घण्टा बन्द हुने Read Previous

बागलुङ-पोखरा सडक दैनिक ८ घण्टा बन्द हुने

भारतको नयाँ बजेट : कार र स्मार्ट फोन सस्तिने, नेपालले पाउने अनुदान  घट्यो Read Next

भारतको नयाँ बजेट : कार र स्मार्ट फोन सस्तिने, नेपालले पाउने अनुदान घट्यो