रिडी पावर र अरुण भ्यालीको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले दुई कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले रिडी पावर र अरुण भ्याली हाइड्रोपावरको सेयर मूल्य समायोजन गरेको हो ।

दुवै कम्पनीको साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

रिडीले गत आव २०७८/७९ को नाफाबाट वितरण गर्ने ४० प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि रिडीको नयाँ सेयरमूल्य ३८५ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, अरुण भ्यालीले गत वर्षको नाफाबाट वितरण गर्ने ८ प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएको हो । समायोजनपछि अरुणको सेयर मूल्य ३०८.३३ रुपैयाँ निर्धारण भएको छ ।

यही समायोजित मूल्यका आधारमा बुधबार दुवै कम्पनीको दोस्रो बजारमा सेयर कारोबार खुल्नेछ।

नेप्सेमा साविकको इन्भेष्टमेन्ट बैंकको बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा साविकको इन्भेष्टमेन्ट बैंकको बोनस सेयर सूचीकृत

आगामी चुवानमा म कसैको पक्ष/विपक्षमा छैन, कार्यकाल २ वर्षमा झार्नुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल Read Next

आगामी चुवानमा म कसैको पक्ष/विपक्षमा छैन, कार्यकाल २ वर्षमा झार्नुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल